नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित एकैदिन १५६ जना भेटिएपछि अवस्था भयाभह बन्दै



काठमाडौँ । नेपालमा आज थप १५६ मा कोरोना पोजेटिभ देखिएको छ । आज अहिलेसम्मकै सबै भन्दा धेरै पिएका १५६ सहित नेपालमा कोरोना संक्रमित थपिएसँगै संक्रमितको १ हजार ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दैलेखमा ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जा ३, नवलपरासी, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुर १, बर्दियाका ३, बाँके १, झापाका २५, नवलपुरका १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३ संक्रमित पुष्टी भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो संख्या अहिलेसम्मकै उच्च् हो । संक्रमितमध्ये ९४० पुरुष र १०२ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म १८७ जनाले कोरोना विरुद्धको लडाइ जितेर निको भइ घर फर्किएका छन् ।

Comment