चर्चित गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन



काठमाडौँ -चर्चित गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना भएका थापाको आज थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार साढे ११ बजे निधन भएको हो ।

८२ वर्षीय थापाकुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ठट्टैमा यो वैंस जान लाग्यो…’, ‘घुम्तीमा नआउ है…, ‘उकारी ओरालो गर्दै…’ लगायतका दर्जनौं गीत चर्चित छन् । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको बताइएको छ ।

Comment