प्रश्न गर्नुहोस् कामरेडका घरमा दलित बुहारीहरु किन छैनन् ?



१. कति जना बाहुन क्षेत्री वर्गका ठूला कामरेडहरुले आफ्ना छोरीहरूको विवाह ( खुसीसाथ) परियार, विश्वकर्मा, चमार, गंधर्व, सुनुवार देखि तराईका मूसहरका छोराहरुसंग गराउनु भएको छ ? कसैसँग यसको उत्तर छ ? । अपबाद पनि भेटाउन गार्हो छ होला शायद ।

२. कति जना ठूला कामरेड हरूका घरमा दलित जातका बुहारीहरु छन् ? कसैसँग यसको उत्तर छ ? छैन शायद ।

३. अझ आफूले आफूलाई बहुत प्रगतिशील ठान्ने वा आफै प्रगतिशील घोषणा गरेका तिनै ठूला काम्रेदहरुका कथित कार्यकर्तालाई हेरौं, सोधौँ तिनीहरू त झन् निम्न स्तरको सोचाइ राख्छन् खासमा । तिनीहरूले झन् त्यो कुरा सोच्न समेत सक्दैनन् । यो बहुत अचम्मको कुरा छ । तर मुखले, भाषणले र लेखहरूमा बहुत आदर्श देखाएर आफूलाई ठूलो मात्रामा जात पात विरोधी रहेको कुरा गर्दछन् । खासमा उनीहरूले यस्तै प्रकारका इञ्जियोहरु (NGOs) चलाइरहेका हुन्छन् । जनजातिको नाममा ठगिरहेका हुन्छन् ।

४. खोक्रा आदर्श देखाएर दलितका नाममा साना देखि ठूला कमरेडहरुको सफेद झुटो राजनीति चल्ने गरेको कुरा कम्तीमा पनि हामी चुच्चे नाक धारी बाहुन क्षेत्रीहरु लाई स्पष्ट थाहा छ ।

५. रुकुम चौरजहारीको घटनामा पूर्व देखि पश्चिम कलिसम्मका जति पनि कामरेड हरुको रुन्चे स्वर छ, त्यो सबै गोहीको आँशु हो । सिर्फ गोहीको आँशु हो । आउँदा दिनहरूमा दलित आदिवासी तथा जात_ जातिका नाममा झुटो राजनीति गरेर आफूले सधैं भरी सत्ताको चास्नी पिउने कुचाल मात्र हो ।

६. यसैले नेता, पार्टी, सरकार कसको हो भनेर नहेरौं, उनीहरूले जात जाती प्रति कस्तो व्यवहार गरिरहेका छन् त्यो प्रमुख हो । व्यवहार एकातिर छ तर देखाउने सुनाउने आदर्श अर्कोतिर छ ।

अस्तु ।
लेखक:
अम्बरीश पोख्रेल ।