‘इकुपिताङ’ मार्फत आफ्नो इकुको रुप पुनः दर्शक माझ ल्याए सुलेमान शंकरले — OSNepal

‘इकुपिताङ’ मार्फत आफ्नो इकुको रुप पुनः दर्शक माझ ल्याए सुलेमान शंकरले

LC (KTM) October 10, 2021 0

एकताका मेरी बास्सै सिरियलबाट जंगली मान्छे अर्थात इकुको पहिचान बनाएका सुलेमान शंकर फेरी सोही पात्रलाई लिएर दर्शक माझ आउने भएका छन् । कलाकार सुलेमानले सिरियल ‘इकुपिताङ’ मार्फत आफ्नो इकुको रुप पुनः दर्शक माझ ल्याएका हुन् । ‘इकुपिताङ’ आजदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले जानकारी दिए ।

यो सिरियल सुलेमानको अफिसियल च्यानल ‘इकु इकु’ बाट प्रसारण सुरु भएको हो । एक समय दर्शकको मनमा बस्न सफल भएका इकु लाई दर्शकले माया गर्नेमा सुलेमान बिश्वस्त रहेका छन् । अहिले सामाजिक सञ्जाल मध्ये युटुब सबैले हेर्ने भएको हुँदा यस सिरियललाई पनि युटुब मार्फत नै ल्याइएको उनले जानकारी दिए ।

अब इकुपिताङ सिरियलको नयाँ एपिसोडहरु प्रत्येक शनिबार ईकुईकु च्यानलमा हेर्न सकिने सुलेमानले बताए । सुलेमान बाहेक सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर