• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

दशैँको मुखैमा रूकुमपश्चिममा जीप पल्टियो

दशैँको मुखैमा रूकुमपश्चिममा जीप पल्टियो


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ३:५३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.8K
    SHARES

    रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।

    यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend