आर्थिक सहयोग पाएपछि खुशीले फुरगं छन् राउटे — OSNepal

आर्थिक सहयोग पाएपछि खुशीले फुरगं छन् राउटे

LC (KTM) October 10, 2021 0

कर्णाली प्रदेशमा बस्दै आएका राउटेलाई आर्थिक सहयोग प्रदान गर्दै जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल । राउटे मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा रारा ताल घुम्न आएको टोलीलाई सो आर्थिक रकम प्रदान गरेको गाउँपालिक अध्यक्ष रावलले बताउनुभयो ।

सानीभेरीमा जीप दुर्घटनामा मृत्यु-रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर