खुशीको खबर, आज आठजना कोरोना संक्रमित उपचर पछि निको भएर डिस्चार्ज हुँदै



दाङ- कोरोना विशेष अस्पताल दाङबाट आठजना कोरोना संक्रमित डिस्चार्ज हुँन लागेका छन् । संक्रमण पछिको दुईवटा परीक्षण नेगेटिभ देखिए पछि दाङ, बाँके र कपिलवस्तुका आठजना कोरोना जितेर घर फर्किन लागेका हुन्  ।

बाँकेका तीनजना, कपिलवस्तुका ४ जना र दाङका एकजनाको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्च गर्न लागिएको हो । १६ जनाको परीक्षण गरिएकोमा ८ जनाको नेगेटिभ आएको बताइएको छ । अस्पतालमा ४० जना संक्रमितको उपचार भइरुहेको छ । अहिले सबैको अबस्था सामान्य रहेको बताइएको छ ।

Comment