कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारत लचिलो बन्यो, वार्ता गरेर समस्या समाधान तयार



काठमाडौं । भारतले चीन जोड्नेगरी नेपाली भूमि लिपुलेक पास हुँदै ८० किलोमिटर लामो खनेर गजक्क परेर बसेका बेला नेपालले आपत्ति जनाएपछि भारतीय मिडिया कुनै नबुझी गर्जियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सालाई वैधता दिन यो कुरा संसदसंम्म पुग्यो । संसदबाट नै पास हुने लक्षण् देखेपछि भारत बल्ल केही हच्किएको छ । नेपालले संविधान संशोधनको विषय संसद्मा नलगेपछि अहिले आएर भारत यो विषयमा केही चचिलो देखिँदै पहिलो पटक सीमानाका विषयमा आफ्नो प्रतिक्रिया राखेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भर्चअुल न्यु ब्रिफिङ्गमा सीमाबारे नेपालमा विकसित घटनाक्रमलाई भारतले निगरानी गरिरहेको बताए । उनले यसको गाम्भिर्यतालाई ध्यानमा राख्दै यो विषयले नेपालमा गम्भीर रुप लिएको छ भन्ने हामीले नोट गरको छौं,’भन्दै भने ‘आफ्ना सबै छिमेकीसँग आपसी संवेदनशिलता र आपसी सम्मानको आधारमा विश्वासको वातावरणमा वार्ता गर्न भारत खुला छ ।’

Comment