मालिकको ३ महिना अघि अस्पतालमा मृत्यु भएको थाहा नपाएको कुकुरले ३ महिनासम्म अस्पतालको गेटमा कुरिरह्यो



एजेन्सी । कुकुरमा पनि मानिसमा जस्तै दया माया र संवेदना हुन्छ भन्ने कुरालाई कुकुरले पटक पटक देखाइसकेको छ ।

मानिसको घरको पहरेदारी गर्दै आएको कुकुरले आफ्ना मालिकको र घरको मात्रै सुरक्षा नगरी उनीहरुकै घरको सदस्यको जस्तो ब्यबहार गरेको एउटा उदाहरण देखापरेको छ चीनमा ।

कोरोनाका कारण मालिक बितेको ३ महिनासम्म अस्पतालमा कुरिरहेको कारण ७ वर्षको कुकुर शिआओ बाओ नाम गरेको कुकुर अहिले संसारभर चर्चित बनेको छ । घटना हो चीनको उहानको ।

जहाँ कोरोनाका कारण मालिकको मृत्यु भएपछि शिआओले मालिकको प्रतिक्षामा अस्पतालमा ३ महिना बिताएको छ ।

ऊहान अस्पतालमा प्रतिक्षा गरिरहेको कुकुरले मालिकको मृत्यु भएर दाहसंस्कार गरेको पत्तै नपाएपछि ९० दिनभन्दा बढी समय अस्पतालमा बितायो ।

जबकी उसका मालिकको अस्पताल भर्ना गरेको ५ दिनका दिनमा नै निधन भएको चिनिया समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

उक्त कुकुरलाई वू कुइफेन नाम गरेका पसलेलाई आफ ्नो घरमा लगे पनि मलिकको सम्झनामा शिआओ पटक पटक अस्पताल जाने गरेको बताइन्छ ।

Comment