नेपाली सेनाका एक उच्च अधिकारीसहित दुई जनाले जिते कोराना



काठमाडौं- नेपाली सेनाका एक उच्च अधिकारीसहित दुई जनाले कोरोना जितेका छन् ।मध्यपूर्वी पृतना रौतहटमा कार्यरत दुबै जना कोरोनाबाट निको भएको बताइएको छ । एक जना सेनाका उच्च अधिकारी रहेका छन् भने अर्का एकजना भने सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो। मध्यपूर्वी पृतनाका एक उच्च सैनिक अधिकारीसहित दुई जनामा गत जेठ ३ गते संक्रमण भएको पुष्टि भएको थियो ।

Comment