भारतबाट नेपाल छिर्दै गरृका युवकको मृत्यु, कोरोनाको आशंकापछि रिर्पोट यस्तो आयो



धनुषा, १६ जेठ । धनुषाको जटहीस्थित नेपाल(भारत सीमामा मृत्यु भएका धनुषाका ३० वर्षीय युवा वीरेन्द्र यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक यादवको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।

पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको निरौलाले जानकारी दिनुभयो । गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो ।

भोक र ज्वरोका कारण समयमा नै अस्पताल नलग्दा उनको सीमानाका जटहीको सडकमा नै मृत्यु भएको थियो । मृतकको शव परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

Comment