रौतहटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, आज मात्रै थपिए ५६ जना



रौतहट-रौतहटमा कोरोना संक्रमितको संख्या एकैपटक ह्वात्तै बढेको छ । एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रौतहटमा कोरोना संक्रमितको सख्या १ सय ८१ पुगेको छ ।

संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेको बताइएको छ ।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ । अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ । आज संक्रमण पुष्टि भएका सबै भारतबाट आएको बताइएको छ । रौतहटमा १० हजार बढी भारतबाट फर्कन अनुमान गरिएको छ ।

Comment