नेपालमा महामारीको रुपमा फैलिँदै कोरोना, आज एकैदिन १८३ नयाँ बिरामी थपिए




रौतहट । नेपालमा कोरोना महामारीको रुपमा फैलिँदै गएको छ । आज मात्रै रौतहटमा ५६ जना कोरोना भाईरसको संक्रमित थपिएका छन् । रौतहटमा योसहित संक्रमितको संख्या १ सय ८३ पुगेको स्वास्थ्इ मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेको बताइएको छ ।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ । अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ । आज संक्रमण पुष्टि भएका सबै भारतबाट आएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । रौतहटमा १० हजार बढी भारतबाट फर्कन अनुमान गरिएको छ ।

Comment