चट्याङ लागेर दुईको जनाको गयो ज्यान,अस्पताल लगिएपनि सकिएन् बचाउन



रोल्पा- रोल्पामा चट्याङ लागेर दुईको जनाको ज्यान गएको छ । ज्यान जानेमा गैरीगाउँस्थित जङ्डाँडाका २४ वर्षीया आशा बुढा र ७५ वर्षीया उनकी फूपू सासु खिर्मा बाँठामगर रहेको प्रहरीले जनाएको छ । गैरीगाउँमा बिहान सवा ११ बजे परेको चट्याङ परेपछि घरमै रहेका आशाका पति सविन र काखे बालकलाई केही भएको छैन ।

घटनापछि सख्त घाइते दुवैलाई लिबाङस्थित रोल्पा अस्पतालमा उपचारका लागि लगिएपनि अस्पताल लानु अघि नै मृत्यु भइसकेको बताइएको छ । चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिनेबारे छलफल भइरहेको बताइएको छ ।

Comment