रुकुम घटनाले तात्दै कणाली



युद्ध बहादुर मल्ल / मुगु जेठ १६ – जातिय विभेदका कारण एक न*रसंहार हुन पुगेको रुकुम पश्चिम चौरजहारीको घटनालाई दिएर कणाली तात्दै गएको छ । जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज वि.क र रुकुम पश्चिम चौरजहारी नगरपालका वडा नं ८ सोतीका एक युवती विच भएको प्रेम सम्वन्ध विवाहमा परिणित हुन क्रममा गत १० गते भएको विवल्स ह*त्याको विरुद्ध कणाली तात्दै गएको हो ।


सो घटनामा संलग्न सबैलाई सबै दोषिलाई हदैसम्मको सजाय र पिडित परिवारलाई न्यायको माग गदै नेपाल सरकार,गृह मन्त्रालयलाई ध्यानआक्रषण गदै कणाली विभिन्न जिल्लाहरुमा अधिकारकर्मी तथा दलित अगुवाहरुर्ले पहिलो चरणमा आज जिल्ला प्रशासन कायालयहरुमा ज्ञापन पत्र बुझाएका छन ।
उनीहरुले सो घटनामा संलग्नहरुलाई यो वा त्यो वहानामा उन्मुक्ती दिने बहाना बन्दै गएको र पिडितले झनै पिडा सहनु पर्ने अवस्था सृजना हुदै गएको भन्दै पिडकहरुलाई हदै सम्मको सजाय र पिडितको न्यायको माग गदै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मुगु मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको संयुक्त दलित संघर्ष समिती मुगुले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई बुझाईएको ज्ञापन पत्रमा अधिकारकर्मीहरुले घटनाको सत्य तथ्य छानविन गर्न उच्च स्तरिय छानविन समिती गठन,घटनाका दोषिलाई हदै सम्मको सजाय,मृतकहरुलाई साँस्कृतिक शहिदको घोषणा,बेपत्ताको खोजी,घाईतेको उपचार लगायतका ८ वडा माग गरिएको छ ।


कणालीका सबै जिल्लाहरुमा आज बुझाईएका ज्ञापन पत्रहरुको सुनुवाई नभए सरकारले ठुलै जोखिम मोल्नु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

परापुर्व काल देखि विभिन्न थिचोे मिचोमा पदै आएका दलित समुदायलाई विभिन्न जातिय उत्पिडनमा पदै आएका छन । एक्काईशौ सताव्लीमा पनि दलित समुदाय माथी अमानविय कार्यमा कमी नआएको र यस्को शिकार हुदै आएकाले एक चोटी जातिय भेदभाव र उत्पिडक विरुद्ध संघर्ष गर्नु परेको छ । दलित अगुवाहरुले भनेका छन ।

Comment