निकले मेरो जिन्दगीमा खुसी नै खुसी ल्याइदिएका छन् : प्रियंका चोपडा



एजेन्सी- बलिउडकी चर्चित नायिका हुन् प्रियंका चोपडा । बलिउड हुँदै हलिउड सम्म चम्किएकी प्रियंकाले एक वर्ष अघि अमेरिका गायक प्रेमी निक जोेनसँग बिहे गरिन् । जोन प्रियंका भन्दा दश वर्ष कान्छा रहेको विषयले बलिउड खुबै गर्माएको थियो । प्रियंकाले दुई वर्ष पहिले पति निक जोनसँग पहिलो भेट भएको तस्बिर सेयर गरेकी छन्। जुन तसिव्र अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

तस्बिर सेयर गर्दै प्रियंकाले पतिको सम्बोधनमा लेखेकी छन्, ‘दुई वर्ष पहिले हामीले पहिलो संयुक्त तस्बिर खिचेका थियौं। त्यही दिनबाट जब तिमी मेरो जिन्दगीमा आयौ, खुसी नै खुसी ल्याइरहेका छौं। आई लभ यु निक जोन, मेरो जिन्दगीलाई यति सुन्दर बनाई दिएकोमा धन्यवाद।’ प्रियंकाले पोस्ट गरेको स्ट्याटसमा निक जोनले जवाफ दिएका छन्, ‘मेरो जिन्दगीको दुई राम्रो वर्ष। आई लभ यु।’ प्रियंकाले प्रत्युत्तरमा लेखेकी छन्, ‘लभ यु जान। मेरो जिन्दगीको उपयुक्त फैसला ।’ बिहेपछि त्यति फिल्ममा काम नगरेकी प्रियंका पति निकसँग मस्ती गरेरदिन बिताइरहेकी छन् ।

Comment