अभिनेत्री प्रियंकाले गरिन निक जोनसँग पहिलो भेटका तस्विर सार्वजनिक



मुम्बई – बलिउड नायिका प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनले दुई वर्ष पहिले पति निक जोनसँग पहिलो भेट भएको तस्बिर सेयर गरेकी छन्।

तस्बिर सेयर गर्दै प्रियंकाले पतिको सम्बोधनमा लेखेकी छन्, ‘दुई वर्ष पहिले हामीले पहिलो संयुक्त तस्बिर खिचेका थियौं। त्यही दिनबाट जब तिमी मेरो जिन्दगीमा आयौ, खुसी नै खुसी ल्याइरहेका छौं।अन्नपुर्ण पोष्टमा खबर छ । आई लभ यु निक जोन, मेरो जिन्दगीलाई यति सुन्दर बनाई दिएकोमा धन्यवाद।’

प्रियंकाले पोस्ट गरेको स्ट्याटसमा निक जोनले जवाफ दिएका छन्, ‘मेरो जिन्दगीको दुई राम्रो वर्ष।आई लभ यु।’ प्रियंकाले प्रत्युत्तरमा लेखेकी छन्, ‘लभ यु जान। मेरो जिन्दगीको उपयुक्त फैसला।’

Comment