स्याङ्जामा आज फेरी २ जना कोरोना संक्रमित फेला



स्याङ्जा- स्याङ्जामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गल्याङ नगरपालिकाको मालुङगा स्थित क्वारेन्टाइनमा रहेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । गल्याङ नगरबासी उनीहरु २७ र ४० वर्षका रहेको र उनीहरुको इसोलेसनमा राखी उपचार गर्ने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए । भारतबाट जेठ ११ गते विभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म र त्यसपछि यता बसमार्फत गल्याङ आइपुगेका थिए ।

Comment