भारतबाट भित्रिने क्रम बढेसँगै प्रदेश २ कोरोनाको महामारी बढ्यो, आजमात्रै थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि



जनकपुरधाम । प्रदेश- २ मा आज बिहान थप ६० जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषामा २१ जना, सर्लाहीमा १० जना संक्रमित पुष्टि भएकाे बताइएकाे छ ।

रौतहटमा संक्रमति भएकाहरुमध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना छन् ।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरुमध्ये मुखियापट्टि मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

यता सर्लाहीमा संक्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन् ।

Comment