बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिर्पोट पाजेटिभ, मृत्यु हुनेको संख्या ८ पुग्यो



धनगढी, जेठ १८- बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिर्पोट पाजेटिभ आएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए । त्यस्तै बालिकाकी आमाको पनि रिर्पोट पोजेटिभ आएको बताइएको छ ।

आमा र छोरीको रिर्पोट पोजेटिभ आएपनि बाबुको भने रिर्पोट नेगेटिभ आएको बताइएको छ । चार दिन अघि आमा बाबुसँग भारतबाट नेपाल आएकी ति बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएका थिए । ‘अस्पताल ल्याउँदा नै ति बालिका बेहोस भएकी थिइन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Comment