पछिल्लो २४ घण्टामा देशभर १६६ जनामा कोरोना संक्रमित फेला, संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलन गर्दै २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिएका हुन् । संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।थपिएका संक्रमितहरुमा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना रहेको बताइएको छ ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। आज मात्रै दुई वर्षिय बालिकामा मृत्युपछि कोरोना पोजेटिभ आएको थियो । त्यसपछि मृत्यु हुनेको संख्या ८ पुगेको हो । नेपालमा आज १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।

Comment