• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

कर्णालीमा डुङ्गा पल्टिँदा १८ वर्षीया अनिता बेपत्ता,पाँच जनाले पौडिएर ज्यान बचाए

कर्णालीमा डुङ्गा पल्टिँदा १८ वर्षीया अनिता बेपत्ता,पाँच जनाले पौडिएर ज्यान बचाए


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ८:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2K
    SHARES

    कर्णाली- कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताउनुभयो ।

    डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend