माधव नेपाललाई धाेका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ — OSNepal

माधव नेपाललाई धाेका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

LC (KTM) October 10, 2021 0

तनहुँ, २४ असोज – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने, तर अहिले केपी ओलीको नजिक भएका नै वास्तविक लालगद्दार भएको बताएका हुन् ।

गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच वर्षका लागि जनताले दिएको अमूल्य मतलाई कदर गर्दै उभिएको हुँ । नेपाली कांग्रेसलाई भोट हालेको होइन । दुईपटक संसद् विघटन गर्दा पनि सच्चिन्छन् कि भनेर त्यतै उभिइरहेको थियाैं । साइबर स्यालहरूले मलाई लालगद्दार भने छन् । मैले केही गद्दारी गरेको छैन । गद्दारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्लाे भएर काम गरिरहेका हुन्,’ उनले भने ।

आफूहरूले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठले दाबी गरे । उनले एकीकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिरसमेत गरे । जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उनको भनाइ थियाे । शुक्रबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेर कार्यभार सम्हालेका उनी शनिबार बिहानै सडकमार्ग हुँदै तनहुँ हिँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर