• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कलाकार गिरीले सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याइन्

कलाकार गिरीले सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याइन्


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ८:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES

    काठमाडौं । कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी सञ्चालनमा ल्याएकी छिन् । एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य सन्तु दराई ‘प्रभाना’ले संयुक्त रुपमा उद्घाटन गरे ।

    दशैं, दिपावली, छठ र नेपाल सम्बतलगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित एकेडेमी शुभारम्भ गरिएको हो । सञ्चालिका प्रजलिकाले एकेडेमीमा कफी बनाउदा विभिन्न आकर्षक डिजाइन गर्ने खालका तालिम दिइने बताइन् ।

    कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, निर्देशक हाङ चेम्जोङ, कलाकार रामेश्वर बुर्लाकोटी, विशाल लिम्बु, संगीतकार मनी ताम्लिङ, द्वन्द्व कलाकार संघका महासचिव पुन्य ओझालगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend