• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

यसकारण राजेश हमालका करोडौ फ्यानसँग सलोन बस्नेतले मागे माफी

यसकारण राजेश हमालका करोडौ फ्यानसँग सलोन बस्नेतले मागे माफी


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ८:४२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 4.1K
    SHARES

    काठमाडौं – बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । ‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।

    गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन । यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई ।

    बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् ।

    केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन् । फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी । किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए ।

    सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।(न्युज कारखाना)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend