च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो,कसरी मनाउँने सर्वसाधारणले यसपालिको दशैँ — OSNepal

च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो,कसरी मनाउँने सर्वसाधारणले यसपालिको दशैँ

LC (KTM) October 10, 2021 0

दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दसैँंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो हुनेभएको छ ।

चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दसैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसँैं मनाउने गर्थे भने यो वर्षको दसँैं हुम्लीको महँगो हुनेभएको हो । हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रु १५ हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ ।

चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रु १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताउनुभयो । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् ।

व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दसँैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुने गरेको छ । विगतका वर्षमा दसँैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर