लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ — OSNepal

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

LC (KTM) October 10, 2021 0

बुटवल २४ असोज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आज आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

आज सपथ लिनेमा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् । त्यसैगरी, कांग्रेसबाट राज्य मन्त्रीमा
ऊर्जा, जलस्रोत तथा सिँचाइमा अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्रीमा रिना नेपाल विकले पनि शपथ लिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट सपथ लिनेमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्मा तथा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर