एकैदिन ८ हजार ८ सय बढी संक्रमित भेटिएपछि भारतमा कोरोनाको महामारी झनै बढ्यो, संक्रमितको संख्या २ लाख बढी



काठमाडौं, २१ जेठ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएको छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएको छ ।

भारतमा मंगलबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन् । मंगलबार मात्रै त्यहाँ ८ हजार ८२१ नयाँ संक्रमित फेला परेको छ भने २ सय २१ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार १९१ पुगेको छ । कोरोना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेको छ भने विश्वकै सातौँ नम्बरमा छ ।

संक्रमितमध्ये हाल १ हजार २८५ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले १ लाख १ हजार बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

Comment