दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधाले जितिन् — OSNepal

दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधाले जितिन्

LC (KTM) October 10, 2021 0

काठमाडौँ । दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् ।

उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए । ताजसंगै उनले ५० हजार रुपैया वरावरको कौसीमा ग्रीन हाउस उपाहार पाएकी छन् ।

त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन । सोही कार्यक्रममा अप्रतियोगि पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो ।

फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर