बिग बोस १५ मा सलमान खानले राज कुन्द्राको नाम लिए पछि हंगामा , साली शमिताले देखाईन् यस्तो प्रतिक्रिया — OSNepal

बिग बोस १५ मा सलमान खानले राज कुन्द्राको नाम लिए पछि हंगामा , साली शमिताले देखाईन् यस्तो प्रतिक्रिया

LC (KTM) October 10, 2021 0

बिग बोसको सिजन १५ को पहिलो विकेण्डको बार एपिसोड एकदमै धमकेदार रह्यो । सधै जसो सलमानको होस्टिंग तथा उनको स्टाइलले फ्यानहरुलाई एकदमै इम्प्रेस गरेको थियो । शो मा सलमान खानले प्रतिष्पर्धीहरु लाई गरेका गल्तीहरुको ऐना देखाएका थिए । तर यसैबीचमा सलमान खानले प्रतिष्पर्धीहरु संग गफ गर्दै शिल्पा शेट्टीका पति राज कुन्द्राको नाम लिन्छन् । सलमान खानले राज कुन्द्राको नाम लिदै गर्दा प्रतिष्पर्धी तथा फ्यानहरु एकदमै चकित परेका थिए । सलमान खान शो का प्रतिष्पर्धी करण कुन्द्रा संग कुरा गरिरहेका हुन्छन् ।

यसै दौरानमा सलमानले गल्तीले करण कुन्द्रालाई राज कुन्द्रा भनि दिन्छन् । राज कुन्द्राको नाम शो मा आउने बित्तिकै सबै प्रतिष्पर्धी तथा बिशेष गरी उनकी साली शमिता शेट्टी एकदमै छक्क पर्छन् । तर तुरुन्तै सलमानले भन्छन्– करण कुन्द्राले बुझे तथा राज कुन्द्राले पनि बुझे होला । यो सबै सलमानले मस्ती मज्जाकमा भनेका थिए । तर पनि फ्यानहरुले शो मा राज कुन्द्राको नाम लिन किन जरुरत रहेको थियो भन्दै जिज्ञासा राखेका छन् ।

सलमानले गरेको यो मज्जाकलाई लिएर फ्यानहरुले आ आफ्नै तरिकाले प्रतिक्रिया दिएका छन् । एक युजर लेख्छन्– सलमान खानले शो मा राज कुन्द्राको नाम किन ल्याए ? मेरो मतलब के जरुरी रहेको थियो ? यो बिल्कुलै राम्रो थिएन । अर्काले लेखेका छन्– पक्कै पनि राज कुन्द्राले पनि बुझे होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर