साफ च्याम्पियनसिपमा आजको खेलमा नेपाल र भारत बिरुद्ध कस्ले मार्ला बाजी ? — OSNepal

साफ च्याम्पियनसिपमा आजको खेलमा नेपाल र भारत बिरुद्ध कस्ले मार्ला बाजी ?

LC (KTM) October 10, 2021 0

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारत संग प्रतिष्पर्धा गर्दैछ । निक्कै बलियो र शक्तिशाली मानिएको भारत संग अपराजित रहेको नेपालको खेल एकदमै रोचक हुने अनुमान गरिएको छ । भारतले अहिले सम्म २ खेलमा बराबरी गरेको छ भने नेपालले दुबै खेल जितेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भारतसँग नेपाली समय अनुसार राति पौने १० बजे प्रतिष्पर्धा गर्नेछ ।

साफ च्याम्पियनसिपको सात पटकको बिजेता भारत संग जित निकाल्न नेपाललाई त्यति सहज छैन । तर पनि आजको खेलमा भारत भने थप दबाबमा रहनेछ । किनकी उसले २ खेल बराबरी खेलेको छ । तर नेपाल भने निर्धक्क संग आजको खेलमा प्रस्तुत हुने हुँदा उसलाई कुनै दबाब हुने छैन । उपाधी हत्याउने जोशका साथ लागेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने कोशीसमा हुने छ ।

यसअघि हिजो भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान तथा गोल किप्पर किरण चेम्जोंगले भारत संगको खेल निक्कै चुनौती पुर्ण रहे पनि ९० मिनेट सम्म जितकै खोजीमा हुने बताएका थिए । प्रतियोगितामा नेपाल अपराजित रहदै २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर