माइतिघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च दियो प्रहरी वृत्त लैनचौरलाई आदेश — OSNepal

माइतिघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च दियो प्रहरी वृत्त लैनचौरलाई आदेश

LC (KTM) October 10, 2021 0

काठमाडौँ २४ असोज । माइतिघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन माथि सुनुवाई गर्दै खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल यात्रा गरेर काठमाडौँ आएका १४ महिला मध्ये खानलाई शुक्रबार राति प्रहरीले प्रकाउ गरेकोम थियो । रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सोही निवेदनको आधारमा सर्वोच्चले प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश जारी गरेको हो । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन ।

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको अवस्थाबारे छानबिन तथा अनुसन्धान गर्न माग खानसहित बुधबार उक्त महिला समुह काठमाडौं आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर