पत्रकार बाँस्कोटाको ढुङ्गाको प्रेमको लोकार्पण — OSNepal

पत्रकार बाँस्कोटाको ढुङ्गाको प्रेमको लोकार्पण

LC (KTM) October 10, 2021 0

पत्रकार गिरिराज बाँस्कोटाको ढुङ्गाको प्रेम नामक कविता संग्रहको आज एक कार्यक्रमकाबीच लोकापर्ण गरिएको छ । बाँस्कोटाद्धारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा साहित्यकार विमल बैधले लोकापर्ण गरेका हुन् । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहमा जम्मा २७ वटा कबिताहरु रहेका छन् । केन्जो खवर डकमले अयाोजना गरेको लोकार्पण कार्यक्रममा कृतिमाथि पाँचथर बहुमुखि क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले टिप्पणी गरेका थिए ।

उनले बाँस्कोटाको यस कृतिमा नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए । उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्ला पाँचथरबाट त्यो पनि पत्रकारले लेखेको ा पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा गरे । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर