चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा आठ वर्षिय बालकको मृत्यु — OSNepal

चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा आठ वर्षिय बालकको मृत्यु

LC (KTM) October 10, 2021 0

चितवन, २४ असोज – भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।

बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर