बिग बोस १५ मा प्रतिक लाई सलमानको गाली , सलमानको गाली खाए पछि डाको छोडर रोए प्रतिक सहजपाल — OSNepal

बिग बोस १५ मा प्रतिक लाई सलमानको गाली , सलमानको गाली खाए पछि डाको छोडर रोए प्रतिक सहजपाल

LC (KTM) October 10, 2021 0

बिग बोस १५ को बुहप्रतिक्षित पहिलो विकेण्ड एपीसोड एकदमै धमकेदार रह्यो । शो को पहिलो विकेण्ड एपिसोडमा प्रतीक सहजपाल सलमान खानको निशानामा परेका छन् । हप्ता भर घरमा बिना मतलबको झगडा गरेको, घरमा तोड फोड गरेको भन्दै सलमान खानले प्रतीकलाई बेस्सरी गाली गरेका छन् । बिधि पांड्या बाथरुममा भएको बेला प्रतीकले बाथरुमको ढोकाको लक तोडेको भन्दै सलमानले प्रतीकलाई दह्रो गाली दिएका छन् ।

सलमानले प्रतीकलाई दोस्रो घरवालाहरुलाई जवरजस्ती लडाईको लागि उकासेको पनि दाबी गरेका छन् । त्यस्तै माइशाले कपडा चेन्ज गर्ने टाइममा चेन्जिंग रुममा उभिरहेको बिषयमा पनि प्रतीकलाई सलमानले नमज्जाले हप्काएका छन् । सलमानले यो पनि भनेकि माइशाले चाहेको भए यो मुद्धा समेत बन्न सक्ने भए पनि उनले त्यसो नगरेको बताए । सलमान खानले प्रतीकलाई गाली दिदै शो मा सबैभन्दा मुर्ख र बेवकुफ रहेको बताए ।

यसै साथ सलमानले प्रतीकलाई नसीहत दिदै आफ्नो दिल र दिमाग बाट गेम खेल्न सुझाव दिए । सलमान खानले प्रतीकलाई भने कि उनी एक हिरोको जस्तै गरी अगाडी आउनु पर्ने सुझाव दिए । सलमानको यस्तो गाली भेटेपछि प्रतीक सहजपाल पुरै वीकेण्डको बार एपिसोडमा एकदमै उदास देखीए । सलमान खान गएपछि उनी गार्डन एरियाको पुलमा बसेर एकदमै नराम्रो तरिकाले डाको छोडेर रोएका थिए । प्रतीकलाई रोएको देखेर निशान्तले उनलाई संझाउँदै सम्हालेका थिए । यस हप्ता सबैभन्दा बढी झगडा गर्नेमा प्रतीक देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर