चार सय ६८ प्रजातिका चरा पालेर रेकर्ड राखे यि स्वामीजीले — OSNepal

चार सय ६८ प्रजातिका चरा पालेर रेकर्ड राखे यि स्वामीजीले

LC (KTM) May 23, 2021 0

भारतको मैसुरमा बस्ने ७८ वर्षीय डा गणपति सच्चिदानन्द स्वामीजीले हालै आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ता गराएका छन् । यी स्वामीले संसारमा सबैभन्दा बढी चरा पालेर रेकर्ड राखेका हुन् ।

स्वामी अबधुत दत्ता पितम आश्रमका संस्थापक हुन् । उनले आफ्नो पूरा जिन्दगी चराको रेखदेखमा समर्पित गरेका छन् । गिनिज बुकका अनुसार स्वामीजीले चार सय ६८ प्रजातिका झन्डै २१ सयवटा रंगीविरंगी चरा पालेका छन् । चराहरूको हेरचाहका लागि स्वामीले सन् २०१२ मा सुका वाना नामक पुनरुद्धार केन्द्र पनि खोले ।

स्वामीलाई चरा संकलन गर्ने सोख छ । त्यसैले उनी विश्वका थुप्रै स्थानमा घुमेर चरा खोज्ने गर्दछन् । उनले छुट्टाछुट्टै प्रजातिका चरा आफ्नो आश्रममा ल्याएर पाल्छन् । यति मात्रै होइन उनले घाइते, बिरामी तथा भड्किएका चराहरूलाई पनि आफ्नो आश्रममा आश्रय दिने गर्दछन् । चराहरूको राम्रोसँग हेरचाह गर्नका लागि उनले जंगलको बीचमा चिडियाघर बनाएका हुन् ।

स्वामीलाई चरा पाल्ने विचार त्यसै आएको भने होइन । एउटा यस्तो घटनाका कारण उनमा चरामोह बढेको हो । स्वामी ६ वर्षअघि भेनेजुयला घुम्न गएका थिए । घुम्ने क्रममा कसोकसो खुट्टा चिप्लिएर उनी झन्डै सय मिटर तल खस्न पुगे । जब उनी होसमा आए, तब उनले आफूलाई वरिपरि एक सयभन्दा बढी चराहरूले घेरेर बसेको पाए । नयाँ पत्रिकाले छापेको छ ।

त्यही दिनदेखि नै उनले उप्रान्त आफू चराहरूको हेरचाहमा लाग्ने निर्णय गरेका थिए । सोही अठोटका कारण उनले चिडियाघर खोलेका हुन् । उक्त आश्रममा स्वामीबाहेक झन्डै ५० जनाले दिनरात चराको हेरचाह गर्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर