महानायकको बिबाद झिक्ने शोभित बस्नेत र भुवन केसीलाई दर्शकले सिकाए सबक , चलचित्र ‘डाँडाको वरपीपलमा लाइक भन्दा डिसलाई तेब्बर — OSNepal

महानायकको बिबाद झिक्ने शोभित बस्नेत र भुवन केसीलाई दर्शकले सिकाए सबक , चलचित्र ‘डाँडाको वरपीपलमा लाइक भन्दा डिसलाई तेब्बर

LC (KTM) October 10, 2021 0

महानायकको फण्डा झिकेर आफ्नो फिल्मलाई बढी हाइलाइट गर्न खोजेका निर्देश शोभित बस्नेत अन्ततः आफैले खनेको खाल्डोमा आफै परेका छन् । चलचित्रको गीत तथा ट्रेलर सार्वजनिक कार्यक्रममा सोभित बस्नेत संगै भुवन केसीले महानायकको उपाधी एकले अर्काेलाई भिराएर राजेश हमाललाई दिईनु हुदैन भन्ने स्पष्ट संकेत गरिरहे । उनीहरुले फिल्म चलाउनका लागी स्क्याण्डल रचेका थिए या त राजेश प्रतिको असन्तुष्टि नै थियो त्यो भने थाहा भएन तर यसले मंगलबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘डाँडाको वरपीपल’ले अब कस्तो नतिजा भोग्नु पर्ने हो हेर्न बाँकि नै रहेको छ ।

यस फिल्मको देउराली बनेछ ढुंगाको बोलको गीत तीन साता अगाडि सार्वजनिक भएको थियो । बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको यो गीतमा लाइकभन्दा बढी डिसलाइक आएपछि फिल्म निर्माण पक्ष यतिबेला तनावमा रहेको छ । यो समाचार तयार पार्दा सम्मको अवस्थामा ३ लाख १५ हजारले यो गीत हेरिसकेका छन् । यस गीतमा ११ हजार लाइक रहेको छ भने डिसलाइक मात्रै ३३ हजार पुगेको छ । यसको मतलब लाईक भन्दा डिसलाइक तिन गुणा बढी रहेको छ ।

त्यस्तै एक हप्ता अघि सार्वजनिक भएको यस फिल्मको ट्रेलरको हालत पनि उस्तै रहेको छ । १ लाख ६ हजार पटक हेरिएको यो ट्रेलरमा लाइक ४ हजार ६ सय रहेको छ भने डिसलाइक ७ हजार ८ सय रहेको छ । ट्रेलर र गीतमा गरिएका अधिकांश कमेन्टहरुमा राजेश हमालको सर्पाेटमा रहेका छन् । राजेश हमाल संग जोरी खोज्दा यस्तै हुन्छ हालत भन्ने प्रतिक्रियाहरु धेरैको रहेको छ ।

यसैक्रममा एकजना युजर रमेश खड्का लेख्छन् – न त मैले महानायक राजेश हमाल ज्यु लाई भेटेको छु न त देखेको छु तर किन कोही कसैले अलिकति पनि नराम्रो भनेको सुन्दा पनि एकदम मन दुख्छ धेरै माया लाग्छ । एक मात्र महानायक राजेश हमाल । यसरी धेरैले महानायकको बिबाद झिक्ने लाई सहि सबक पनि भनेका छन् । शोभित बस्नेतले निर्देशन गरेको यस चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी , गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा लगायतका कलाकारहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर