चेन्नई आईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश — OSNepal

चेन्नई आईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश

LC (KTM) October 10, 2021 0

चेन्नई सुपर किङ्स आईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा आज राती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई फाइनल पुगेको हो । दिल्लीलाई ४ विकेटले पराजित गर्दै चेन्नई उपाधी नजिक पुगेको हो । दिल्लीले पहिला ब्याटिंग गर्दै १ सय ७३ रनको लक्ष्य चेन्नई समक्ष प्रस्तुत गरेको थियो ।

१९ ओभर ४ बलमा ६ विकेट गुमाएर चेन्नईले लक्ष्य पुरा गरेको थियो । चेन्नईको लागि रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । दिल्लीका टम करण एक्लैले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको स्कोर खडा गरेको थियो । दिल्लीका लागि पृथ्वी शले ६० र कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। तर पनि जित निकाल्न सकेनन् । चेन्नईका लागि जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर