गड मदर भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना, तस्विर भाइरल — OSNepal

गड मदर भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना, तस्विर भाइरल

LC (KTM) October 11, 2021 0

काठमाडौं – भारतीय अभिनेत्री रेखाले आइतबार आफ्नो ६७औँ जन्मदिन मनाइरहेकी छन् । सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन् । अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ । कंगनाले रेखासँगको एउटा पुरानो फोटो शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मेरी प्रिय गड मदर रेखाजी । ग्रेस, एलिगेन्स एण्ड ब्युटी ।’

कंगनाले शेयर गरेको रेखासँगको उक्त फोटो विराट कोहली र अनुष्का शर्माको विवाह पार्टीमा खिचिएको थियो । कंगनाकी बहिनी रंगोलीले केही वर्षअघि नै दिदी कंगना रेखाझैँ बन्न चाहेको खुलासा गरेकी थिइन् ।

कंगनाले रेखालाई गड मदर भन्न थालेपछि रेखाले पनि उनलाई मराठी तारका अवार्ड समारोहमा यदि आफ्नी छोरी भइदिएकी भए कंगना जस्तै हुने थिई भनेकी थिइन् । सो अवार्डमा कंगनाले रेखालाई एउटा विशेष उपहार दिएकी थिइन् । त्यसपछि मन्तव्य राख्ने क्रममा रेखाले कंगनाको तारिफ गरेकी थिइन् ।

सो अवार्ड कार्यक्रममा कंगनाले कालो रङको साडी पहिरिएकी थिइन् । कुरैकुरामा कंगनाले सो साडी आफूलाई रेखाले उपहार दिएको खुलासा गरेकी थिइन् ।

एक पटक कंगना फिल्म फेयर अवार्डमा सहभागी हुन सकिनन् । त्यतिबेला उनले क्विन फिल्मबाट अवार्ड जितेकी थिइन् । कंगनाले एउटा अन्तर्वार्तामा सो अवार्ड आफूलाई रातको तीन बजे रेखाले फूलको गुच्छासहित घरमा ल्याइदिएको बताएकी थिइन् ।

त्यो नै आफ्ना लागि अहिलेसम्मकै आश्चर्यचकित पल भएको कंगनाले बताउने गरेकी छन् । उनले रेखालाई आफ्नो अभिभावकका रूपमा समेत लिने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर