क्रियटिभ नेपाल युथ अर्गनाइजेसन सन फ़्रान्सिस्को क्यालिफ़ोर्नियामा नयाँ नेतृत्वमा पुण्य कार्की बने अध्यक्ष — OSNepal

क्रियटिभ नेपाल युथ अर्गनाइजेसन सन फ़्रान्सिस्को क्यालिफ़ोर्नियामा नयाँ नेतृत्वमा पुण्य कार्की बने अध्यक्ष

LC (KTM) October 11, 2021 0

क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको चौथो साधारण सभाले नया कार्यसमितीको निर्विरोध चयन गरेको छ । गत शनिबार सन फ़्रान्सिस्कोमा सम्पन्न संस्थाको अधिवेशनले समाजसेवी पुण्य कार्कीक़ो अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।

संस्थाको स्थापना काल देखी कार्की यस अघि संस्थाको सचिब, महासचिब र उपाध्यक्ष लगायतका पदमा रहेर काम गरिसकेका व्यक्ति हुन ।नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा पुस्कर रेग्मी, उपाध्यक्षमा प्रतिमा दुलाल , महासचिवमा गणेश शर्मा, सह सचिवमा दिपेश पाण्डे ,कोषाध्यक्षमा बिनय दाहाल तथा सह कोषाध्यक्ष तानिया आचार्य निर्वाचित भएका छन् ।

साथै संचालक समिति सदस्यहरुमा मा धुर्व बश्याल ,सन्देश शिवाकोटी,सबिन प्रधान,रवि श्रेष्ठ ,बसन्त दाहाल ,दिलिप ढकाल मनि पौडेल तथा राहुल साह चयन भएका छन ।त्यसैगरी संस्थाको सल्लाहकारहरुमा ईश्वर सिटौला र नुरेन बराल रहेका छन् । निर्वाचन समितिका संयोजक धर्मेन्द्र पराजुलीले सर्वसम्मत कार्यसमितीको घोषणा गरेका थिए ।अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष शशि प्रसाई र प्रमुख अतिथीमा नेपाली एशोसियसन अफ नर्थन क्यालिफोर्नियाका सभापति ईश्वर सिटौला, मनीष पौडेल, उत्तम कार्की, नुरेन बराल, तेज लिम्बू, प्रेतेश कार्की तथा सुबाश थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर