घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु, ४ छोरीहरु भने यसरी बाँचे भाग्यले — OSNepal

घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु, ४ छोरीहरु भने यसरी बाँचे भाग्यले

LC (KTM) May 23, 2021 0

प्यूठान-प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृ त्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेका छन् । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किएको थियो । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ ।

अन्य ४ छोरीहरू भने अर्को कोठामा सुतेको हुँदा सकुसल रहेको बताइएको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । स्थानीयका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर