म्यूजिक भिडियोमा जम्दै संचारकर्मी कमल साउद, उषासँग गरे रोमान्स — OSNepal

म्यूजिक भिडियोमा जम्दै संचारकर्मी कमल साउद, उषासँग गरे रोमान्स

LC (KTM) October 11, 2021 0

काठमाडौं । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको ‘खुशीका पल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदले रोमान्स गरेको देख्न सकिन्छ ।

दिपक शर्माको शब्द रहेको उक्त गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले भिडियोमा क्रिएटिभ पाटो हेरेकी छिन् ।

भिडियोलाई उत्सब दाहालले खिचेका छन् भने बिजेश पौडेलले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा नृत्य निर्देशन सम्पन्नता बिन्दुकारको रहेको छ । भिडियोमा नन्दा अधिकारी र लक्ष्मी श्रेष्ठको मेकअप रहेको छ । उक्त भिडियो ‘डस म्यूजिक नेपाल’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर