आफ्नै आमाको चिर्पट प्रहार गरी हत्या गर्ने छोरा पक्राउ — OSNepal

आफ्नै आमाको चिर्पट प्रहार गरी हत्या गर्ने छोरा पक्राउ

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । आफ्नै ६० वर्षीय आमाको चिर्पट प्रहार गरी हत्या गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुविचौरका २५ वर्षीय प्रकाश बिक रहेका छन् ।

उनले आफ्नी ६० वर्षीय जेठी आमाको आइतबार साँझ चिर्पट प्रहार गरी हत्या गरेका हुन् । मदिरा सेवन गरी जेठी आमासँग सामान्य विवाद हुँदा आवेगमा आई उनले आमाको हत्या गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

बिकले दिनहुँ रक्सी पीउने गरेकाले उनकी श्रीमतीले समेत सम्बन्ध विच्छेद गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर