• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

हरेक गसिपको बारेमा कसरी जानकारी हुन्छ करिनालाई ? यस्तो रहेछ भित्री कुरा

हरेक गसिपको बारेमा कसरी जानकारी हुन्छ करिनालाई ? यस्तो रहेछ भित्री कुरा


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ५:१९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 4.3K
    SHARES

    काठमाडौं, २५ असोज – बलिउडमा करीना कपूर खानलाई ‘गसिप क्विन’ भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । ‘करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले भने ।

    एक टेलिभिजन शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन, बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ ।’ करण र करीना एकदमै मिल्ने साथी हुन् ।

    करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए । उनी आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए । साथै, करणले अक्षय कुमारलाई हेल्थको बारेमा, वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरै नै ज्ञान रहेको बताउँदै आफू प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए ।

    करणले मात्र होइन, करीनाकै पिता रणधीर कपूर र दिदी करिश्मा कपूरले समेत उनलाई ‘गसिप क्विन’ भनेका छन् । हालै एक शोमा पुगेका रणधीरले करीना र रणवीर कपुरले बलिउडको हरेक खबर राख्ने गरेको बताए । ‘करीना सानैदेखि आफूलाई अपडेट गर्ने गर्छिन्’ रणधीरले शोमा भने । करिश्माले पनि आफूभन्दा करीनानै चतुर रहेको स्वीकार्दै ‘गसिप’ उनीबाट नलुक्ने बताइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend