दमकमा १३ करोड लागतमा बनेको फनपार्क आजदेखि सञ्चालनमा — OSNepal

दमकमा १३ करोड लागतमा बनेको फनपार्क आजदेखि सञ्चालनमा

LC (KTM) October 11, 2021 0

दमक- दसँैको अवसर पारेर दमकमा फनपार्क सञ्चालनमा आएको छ । ‘दमक फनपार्क एण्डएग्रो टुरिजम प्राली’ले करिब रु १३ करोडको लागतमा आजदेखि फनपार्क सञ्चालनमा ल्याएको हो । करिव ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरुआत भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छ ।

त्यस्तै बालबालिकालाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । पार्कभित्रै स्तरीय रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दङगालले जानकारीदिनुभयो ।होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।

सो फनपार्कमा दमकका सफल युवा व्यवसायी दीपेन्द्र ढुङ्गेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ । जिल्लका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रुपमा फनपार्कलगायतका मनोञ्जनस्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर