मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो आत्मरक्षाको लागि गोली चलाउनु परेको हो : प्रजिअ तिवारी — OSNepal

मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो आत्मरक्षाको लागि गोली चलाउनु परेको हो : प्रजिअ तिवारी

LC (KTM) October 11, 2021 0

काठमाडौं असोज २५ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाकर्मीले आत्मरक्षाको लागि गोली चलाउनु परेको बताएका छन् । आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको विषयमा स्थानीय सुरक्षाकर्मीबिच झडप भएको थियो ।

आज बिहान एक कार्यक्रममा बोल्दै सिडिओ तिवारीले निषेधित क्षेत्र छाड्न भन्दा पनि बेवास्ता गरेपछि लाठीचार्ज, अश्रुग्यास, हवाई फायरपछि गोली चलाउनुपर्ने दुःखद अवस्था सिर्जना भएको बताएका हुन् ।

‘रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको प्रयास हुन थालेपछि सरकारी सम्पत्ति संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले भदौ २८ देखि निषेधाज्ञा जारी गरेको थियो । हिजो दिउँसो ठूलो संख्यामा जम्मा भएको भीडले निषेधाज्ञा तोड्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले । धेरै सुरक्षाकर्मी घाइते भए’ उनले कार्यक्रममा भने ।

जनताको जीउधन र सरकारी सम्पत्ति संरक्षण गर्नु आफ्नो दायित्व भएको बताएका उनले सुरक्षाकर्मीले संयमता अपनाउना पनि केहि नभएपछि आत्मरक्षाका लागि कारबाही गर्नुपरेको उनले बताएका छन् । घटनामा नेपाल प्रहरीका १६ जना, सशस्त्र प्रहरी बलका १६ जना घाइते भएको समेत जानकारी दिएका छन् ।

‘सर्वसाधारणतर्फ चार जनाको मृत्यु भयो भने १६ जना घाइते भएका छन् । मोतीपुरमा अहिले कर्फ्यु छ । त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थिति सामान्य भएपछि कर्फ्यु हट्छ ।” उनले भने ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए । उनले भने, “जनताको जीउधन र सरकारी सम्पत्ति संरक्षण गर्नु हाम्रो दायित्व हो । सुरक्षाकर्मीले संयमता अपनाउन नखोजेका होइनन् । तर आत्मरक्षाका लागि कारबाही गर्नुपर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर