• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ९:४९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.6K
    SHARES

    पोखरा – पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ । मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन् ।

    जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन् । मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो ।

    योसँगै जिसीले कार्यकक्षबाटै दसैं र चाडवाडको शुभकामना दिएका छन् । उनको स्वास्थ्य केही सुधार भएको छ । सहयोगीको सहयोगमा उनी सोमबार महानगर पुगेका हुन् ।

    उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । करिब एक घन्टा कार्यालयमा बिताएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend