कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित — OSNepal

कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

LC (KTM) October 11, 2021 0

ब्राजिलिया [ब्राजिल] असोज -ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिनुभएको छ। राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गर्नु भएको छ। उहाँले भन्नुभयो- किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।”

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा हुनुहुन्छ । ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन। उहाँ जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो। केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किनुभएको थियो। राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुनुहुन्छ जसले मास्क पनि लगाउँने गर्नुहुन्न ।(रासस-एएनआई/स्पुतनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर