अत्यान्तै दुखद खबर,तनहुँमा छिमेकिको घरमा मासु लिन हिडेकी ९ वर्षीया बालिकालाई चितुवाले आक्रमण गर्यो — OSNepal

अत्यान्तै दुखद खबर,तनहुँमा छिमेकिको घरमा मासु लिन हिडेकी ९ वर्षीया बालिकालाई चितुवाले आक्रमण गर्यो

LC (KTM) October 12, 2021 0

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा चितुवा आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर