बलिउडमा अत्याधिक रुचाइएकी गायिका नेहा कक्कड र भाई टोनी कक्कड बिच खटपट — OSNepal

बलिउडमा अत्याधिक रुचाइएकी गायिका नेहा कक्कड र भाई टोनी कक्कड बिच खटपट

LC (KTM) October 12, 2021 0

काठमाडौं बलिउडकी चर्चित गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् । एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईले पछिल्लो समय तयार गरेको काटा लगा बोलको गीत लोकप्रिय भइरहेको छ ।

पछिल्लो समय धनाढ्यमा पर्ने भए पनि उनीहरूको बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कीर्तन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवाआमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एकपटक रिसले टोनीको थाईमा कलमले घोचिदिइन् ।

नेहालाई टोनीले केही कुरामा रिस उठाएपछि उनले यस्तो गरेको बताएकी छन् । एक टेलिभिजन शोमा अन्तर्वार्ता दिने क्रममा उनले भनिन्, ’बाल्यकालमा मलाई थाहा थिएन, त्यसैले त्यस्तो गरें ।’ उनले पछि पछुतो लागेकोसमेत सुनाइन् । ‘मलाई पछि नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । त्यसो त ठूलो भएपछि भने उनी आफ्नो परिवारको कुरा काट्दिनन् । ‘म घरकी आज्ञाकारी सदस्य हुँ’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर